All News

Central Committee

KYC UK News

Obituraries

Other News

 

किराँत याक्खा छुम्मा यू के को तेस्रो वार्षिक भेटघाट कार्यक्रम 2011 Ashford . - 26-06-2011


किराँत याक्खा छुम्मा यू के को तेस्रो वार्षिक भेटघाट कार्यक्रम 2011  Ashford .

 गत बर्ष झै यस बर्षपनी किराँत याक्खा छुम्मा यू के को बार्शिक भेटघाट कार्यक्रम  ११ जुन २०११ तद अनुसार बिक्रम संम्बत २०६८ ज्येष्ठ २८ गते शनिबारको दिन  केन्ट काउन्टीको आस्फोर्ड शहरमा सम्पन्न भयो । समस्त एङ्ल्यान्ड भरी छरिएर बस्नु भएको याक्खा बन्दु ,चेली बेटी र उहाँहरुको परिवारलाई यस कार्यक्रममा अग्रिम रुपमा आमन्तरण गरिएको थीइयो । हाम्रो याक्खा भेस भुसामा सजिएर आउनु भएको दाजु भाई दिदी बैनीहरुले कार्यक्रममा हाम्रो मौलिक सस्कृति  झल्काउनु भएको थियो । सा-साना बाल बालिकाहरु पनि राम्रा राम्रा लुगामा सजिएर आएका थिए ।  गएको बर्ष भन्दा यस बर्ष हाम्रो याक्खा परिवारको उपस्थिती निकै बाक्लो रुपमा  देखिएको थियो । 

 कार्यक्रम प्रोस्तोताको रुपमा श्री याम कुमार लिम्बुखिमले माइक्रो फोन सम्हाले पछी किराँत याक्खा छुम्मा यू के को  तेस्रो बार्सिक कार्यक्रम २०११ को बिधीवदरुपमा  सुरु गरिएको थियो । बिभिन्न समस्याको कारणले गर्दा भनेको ठीक समयमा कार्यक्रम सुचारु गर्न नसकेकोमा सम्पूर्ण दर्सकहरु माझ माफी माग्दै अब भने कुनै अबिलम्ब ढिलो नगरि मनोरान्जत्मक कोशेलिहरुको साथमा कार्यक्रम अगाडि बडाउदै लैजाने छु भनी उहाले बताउनु भयो ।

कार्यक्रमको पहिलो क्षणमा किराँत याक्खा छुम्मा यू के का सभापति श्री रिपु कुमार लिन्खा ज्यु र उहाको धर्मपत्नी श्रीमती उर्मिला लिन्खाबाट हाम्रा  किराँत याक्खा परिवारका  जेष्ठ नागरिकहरुलाई खादा ओडाइ अभिनन्दन गरी स्वागत गर्नु भएको थियो । अभिनन्दिद हुनु भएको सबै जेष्ठ नागरिकहरुलाई कार्यक्रमा उपथित भई अभिनदन गर्ने मौका प्रदान गर्नु भएकोमा अधक्ष्य श्री रिपु कुमार लिन्खा ज्यु ले धन्यवाद दिनु भयो ।

 अभिनदिद हुनभएका हाम्रा जेष्ठ नागरिकहरुका नामवली यस प्रकार छन:-

 १) श्री जहजित लिम्बुखिम

२)  श्री हरिलाल लिम्बुखिम

३) श्री रानहाँग राई

४) श्रीमती दुर्गा मायाँ राई

५) श्रीमती सुन मायाँ पम्फु

६)  श्रीमती जित कुमारी लिम्बुखिम

७) श्रीमती रानहाँग राई  

८)  श्रीमती जमु याक्खा

यस अभिनन्दन कार्यक्रम स्वागत मुलक र यू के मा किराँत याक्खा छुम्माले पहिलो पटक जेष्ठ नागरिकलाई अभिनन्दन गरिएको थियो । 

प्रमुख अतिथिको रुपमा नेपालबाट पाल्नु भएको किराँत याक्खा छुम्मा झापा जिल्ला परिसदका अधक्ष्य श्री हरिलाल लिम्बुखिमबाट आजको कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । आजको यस कार्यक्रम यू के भरी छरिएर बसेको समस्त किराँत याक्खा समुदाया बिच भेटघाट भई हामी बिचको सम्बधलाई अझ दरिलो र समुधुर बनाउने भएकोले गर्दा अत्यन्त उदस्य मुलक रहेको उहाले बताउनु भयो । हाम्रो सस्कृतिलाई जहिलेपनि हामीलेनै जगेर्ना गर्न पर्ने र हाल यू के मा हुर्कन्दै गरेको हाम्रो नयाँ सन्ततीहरुलाई हाम्रो भेस-भुसा,भाषा र सस्कृतिको बारेमा ज्ञान दिदै लैजानु पर्ने कुरामा उहाँले जोड दिनु भएको थियो । 

कार्यक्रमको दोस्रो बक्ताको रुपमा किराँत याक्खा छुम्मा यू के का अधक्ष्य श्री रिपु कुमार  लिन्खा ज्युले किराँत याक्खा भाषामानै स्वागत मन्तब्य दिनु भएको थियो । आफ्नो मन्तब्यमा उहाँले यू के को ब्यस्त जीवन सैलीलाई पन्छाएर भएपनी आजको यस कार्यक्रममा पाल्न हुने सम्पूर्ण किराँत याक्खा परिवारलाई स्वागत गर्नु भएको थियो । अब आउने भाबी दिनहरुमा यस किराँत याक्खा छुम्मा लाई  कसरी अगाडि बडाउने भन्ने सन्दर्भमा तपाईहरुको सर-सल्लहा र सुझाप सदैभरी स्वागत युक्त हुने कुरा उहाँले बताउनु भयो ।

कार्यक्रमको मधय चरणमा आई पुगे पछी कार्यक्रम प्रस्तोता श्री याम कुमार लिम्बुखिम ज्युले सँगितिक कार्यक्रम का प्रस्तोता श्री घनेन्द्र जिमी ज्युलाई माईक्रो फोन हस्तातरन गर्नु भयो । उहाले सँगितिक  कार्यक्रम लाई सुचारु गर्न भन्दा अगाडि उपस्थित महिला दिदी बहिनीहरुको निमित्व रमाइलो खेल तातो आलु खेलाई सबैलाई मनोरन्जन गराउनु भएको थियो । सबै प्रतिसप्रद्दीलाई तातो आलुको तातो चखाएर श्रीमती गोमा जिमी ज्युले खेलका बिजेता बन्न सफल हुनुभएकी थिन ।

त्यस्तै गरी अर्का रमाइलो खेल तम्बोलामा पनि सबैले सहभागी बनी आफ्नो भाग्य परिक्षा दाउमा लगाउदै मनोरन्जन लिए। श्रीमती बिमला देवान ज्यु तम्बोलाका भाग्य साली बिजेता बन्न पुगिन ।

सँगितिक टोलिले नेपालको राष्ट्रिय झन्डा फरफराउदै नेपाली राष्ट्रिय गानको साथमा कार्यक्रममा उपस्थित भएका सम्पूर्ण स्रोताहरुलाई स्वागत गरी सँगितिक कार्यक्रम सुरु गरेको थियो । बिभिन्न नेपाली गीतहरुमा भाई बैनिहरुले  निर्तय प्रदसन गर्दै  कार्यक्रम पूर्ण रुपमा सँगितमय बनाएका थिए ।दर्सकहरुले   पनि ताली बजाउदै भरपूर्ण मनोरन्जन लिनु भएको थियो । हुन पनि संगीत यस्तो चिज हो जहाँ हाम्रो जीवन बिलय भएको हुन्छ ।

सँगितिक कार्यक्रमको अन्तमा गीतै गीतको धुनमा मन्त्र मुक्त भएर स्टेच तताउने पालो भने दर्सकहरुलाई  प्रदान गरिएको थियो । सबै जाना केही घन्टाको लागि आफ्नो बाडुलि कम्मर भाँची भाँची नाच्न सम्म नाचे । के बालक के युवा बृद्द बाजे बोजु सम्मले निस्फिक्री रुपमा नाँचमा भाग लिई रमाउन सम्म रमाए । बेला बेला भने हिन्दी गीत बज्नाले कसै कसैलाई भने असजिलो मसुस  भएको पनि पाइयो । सबै जान नाँच्नमा तलिन भएको बेला कार्यक्रमका निर्णयक मन्डलीले भने दर्सक माझबाट उत्कृष्ट नाँच गर्ने दर्सकको खोजी गरी राख्नु भएको थियो । श्रीमती बिना जिमी,श्री आकाश देवान, सुश्री लिया राई र सान नानी सुम्निमा राई उत्कृष्ट निर्तय गर्ने दर्सकको रुपमा  बिजेता हुनुभएको थियो ।  कार्यक्रम भरिका सम्पूर्ण बिजेताहरुलाई अधक्ष्य श्री रिपु  कुमार लिन्खा ज्युले पुरस्कृत गरी बधाई दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा अधक्ष्य श्री रिपु कुमार  लिन्खा ज्युले छोटो मन्तब्य दिदै कार्यक्रम सफलमुलक रहेको र अबको आउने बर्षहरुमा अझ परिमार्जित कार्यक्रमहरु तपाईहरु माझ प्रस्तुत गरिन्दै लगिने कुरा उहाँले बताउनु भयो । कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्न हुने सम्पुर्ण दाजु,भाई दिदी,बैनी र मित्रगणहरुमा सहयोगको लागि धन्यबाद दिदै किराँत याक्खा छुम्मा यू के तेस्रो वार्षिक भेटघाट कार्यक्रमको इतिश्री गर्नु भएको थियो ।

 

                                                                                                                        लेखक:-                                                                                                                                                                                                      गोबिन्द लिम्बुखिम


Go Back

Admin Web Design Folkestone